रौतहट अदालतका कर्मचारी घुससहित रंगेहात पक्राउ


रौतहट-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनमार्फत जिल्ला अदालत गौरका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा करारमा डिठ्ठा पदमा कार्यरत लव कुमार सिंह रहेका छन्।

बसन्तपट्टि निवासी सिंहले अदालतको फैसलाबमोजिम जग्गा फुकुवा (दा.खा. पुर्जी) गराइदिने कामका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप छ। सोही उजुरीका आधारमा हेटौंडाबाट खटिएको अख्तियार टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारका अनुसार सिंहलाई गौर नगरपालिका–१ स्थित रौतहट जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया