
चरित्र हत्या आरोपमा रेस्लर भगवती खड्का पक्राउ
काठमाडौं – पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ परेकी छन्। सामाजिक सञ्जालमार्फत अश्लील टिप्पणी गरी सार्वजनिक बेइज्जत गरेको आरोपमा उनलाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।
रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल शान्तिनगर बस्दै आएकी खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले जानकारी दिए।
प्रहरीका अनुसार खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील कमेन्ट गरेको आरोप छ। मंगलबार पक्राउ गरेपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी गिरीले बताए।



कागजपत्र |
