
गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ बिचौलिया पक्राउ
काठमाडौं – काठमाडौँको गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ। ब्लु बुक नवीकरणलगायतका काम गरिदिने भन्दै सेवाग्राहीलाई हैरानी पुर्याएको आरोपमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, चन्द्रागिरिका २३ वर्षीय सुदिप मगर, धादिङका २० वर्षीय बुद्ध तामाङ, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, धादिङका अमन तामाङ, बझाङका उज्ज्वल सिंह र मोरङका २६ वर्षीय दिलीप राई रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट सेवाग्राहीका ब्लु बुकसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
