इलाममा करणी आरोपमा ४० वर्षीय पुरुष नियन्त्रणमा


इलाम-  देउमाई नगरपालिकामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–३ सुर्केका ४० वर्षीय राजु विक रहेका छन्। ४० वर्षीया महिलामाथि जबरजस्ती करणी भएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया