पर्सामा पत्नीको खुट्टा काट्ने पति पक्राउ


वीरगञ्ज-  पर्सामा पत्नीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी खुट्टा काट्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको हो।

पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले गत चैत १ गते आफ्नी पत्नी हरिकलादेवीलाई अमानवीय रूपमा यातना दिँदै हातखुट्टा बाँधेर बायाँ खुट्टाको पैतलाभन्दा माथिल्लो भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए।

घाइते महिलालाई तत्काल उद्धार गरी बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया