ओली त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा, २४ घण्टा निगरानीमा राखिने


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनलाई ‘एनेक्स वान’ भवनको बेड नम्बर ५०१ मा राखिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार ओली मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी भएकाले र हिरासतको तनावले स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आइसोलेसन वार्डमा राखिएको हो। उनलाई क्याबिनमा राखी निरन्तर निगरानीमा राखिएको छ।

डा. सेढाईंका अनुसार मुटुसम्बन्धी परीक्षण गर्दा धड्कनमा केही उतार–चढाव देखिएको छ। त्यसैले कार्डियोलोजिस्टको निगरानीमा २४ घण्टा राख्ने व्यवस्था गरिएको छ।

नवनियुक्त गृहमन्त्री सुदन गुरुङको निर्देशनमा शनिबार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरस्थित उनीहरूको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। दुवैलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उता, एमाले नेताहरूले भने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै विरोध जनाइरहेका छन्।

प्रतिक्रिया