ओली–लेखक पक्राउप्रति तरुण दलको आपत्ति, ‘राजनीतिक प्रतिशोध’को आरोप


काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाएको छ। संगठनले उक्त कदमलाई राजनीतिक प्रतिशोधबाट प्रेरित भन्दै आलोचना गरेको छ।

शनिबार जारी प्रेस विज्ञप्तिमा तरुण दलका अध्यक्ष विद्वान गुरुङले पक्राउ प्रक्रिया एकपक्षीय र दुराशयपूर्ण रहेको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात पुर्‍याउनेछ र देशलाई द्वन्द्व तथा अस्थिरतातर्फ धकेल्न सक्छ।

तरुण दलले वर्तमान घटनाले राजनीतिक वातावरण झनै तनावपूर्ण बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। उसले यस्ता संवेदनशील विषयहरू कानुनी प्रक्रिया र विधिसम्मत ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया