
सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं- सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पीडितको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीका आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।
लामामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।



कागजपत्र |
