२ असईसहित २ दर्जन प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन हेडक्वार्टरको निर्देशन


काठमाडौं – नेपाल प्रहरीका असईद्वय दर्शन पौडेल र रामनयन यादवसहितका २४ प्रहरी लामोसमयदेखि बिना जानकारी सम्पर्कमा नरहेको हुनाले हेडक्वार्टरले सात दिनभित्र सम्पर्कमा आउनका लागि सूचित गरेको छ ।

हेडक्वार्टरले उनीहरुलाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा नआए जागिरबाट हटाउने चेतावनी दिएको छ ।

सम्पर्कमा नआएका प्रहरीहरुमा  असईद्वय पौडेल र यादव, बरिष्ठ हवल्दार शंकर थापा, सहायक हवल्दार मनमोहन ठाकुर, हर्कराम राई, मोहन लिम्बु, दिपेन्द्र यादव, देवबहानुर मौनी छन् ।

त्यस्तै जवानहरुमा मणिराज राई, कैलाश भण्डारी, निशान थापा मगर, खड्क विश्वकर्मा, सुमन मगर, रमेश बलायर, सनि माझी, मनिराज राई, रामकलेश कुमार यादव, अविशेषक चौधरी, विवेकानन्द यादव, अरविन्द कुमार गुप्ता, प्राविधिक जवान राम महतो रहेका छन् ।

त्यस्तै प्रहरी कार्यालय सहयोगीहरु हरिबहादुर श्रेष्ठ, गणेश दत्त भट्ट र लेखनाथ रोका मगर पनि लामोसमयदेखि सम्पर्कबिहीन रहेकोमा हेडक्वार्टरले स्पष्टीकरणसहित हाजिर हुन सूचीत गरेको हो ।

प्रतिक्रिया