
कञ्चनपुर कारागारमा थुनुवाबीच विवाद, चिर्पट प्रहार हुँदा एक जना घाइते
धनगढी – कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा वेदकोट नगरपालिका—९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।
कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गरेको डीएसपी शाहीले बताए ।
घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
