
साढे १२ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।
आइतबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।



कागजपत्र |
