
भारतमा सुनचाँदी डकैतीमा संलग्न पाँच नेपाली पक्राउ
काठमाडौं – भारतको हैदराबादमा केही महिनादेखि सुनचाँदीका सामग्रीलगायत शृंखलाबद्ध डकैतीमा संलग्न रहेको आरोपमा पाँच जना नेपाली पक्राउ परेका छन्।
हैदराबाद प्रहरीले योजनाबद्ध रूपमा अपराधमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रमेश बहादुर चन्द, जनक कुमार, विक्रम शाही, ललितबहादुर चन्द, मदन खत्री र सुशील बोहरा रहेका छन्।
पक्राउ परेकामाथि चोरीका सामान बुझ्ने, अपराध गर्ने, आर्थिक सहायता उपलब्ध गराउने र अपराधीलाई संरक्षण गर्ने आरोप लगाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथबाट चोरी भएका गहना, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको जानकारी प्रहरीले दिएको छ।



कागजपत्र |
