
नेपालमा मौसमी प्रणाली सक्रिय: केही प्रदेशमा वर्षा र हावाहुरी
काठमाडौं- नेपालमा मौसमी प्रणाली सक्रिय हुँदा देशका केही स्थानमा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ।
महाशाखाका तथ्यांक अनुसार, पछिल्लो तीन घण्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी ३३.८ मिलिमिटर पानी परेको छ। मौसमविद्हरूले यो प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गएको र आवश्यक सतर्कता अपनाउन सुझाएका छन्।
रुपन्देहीमा दिउँसो अध्यारो भएको छ भने चितवनलगायतका केही स्थानमा हावाहुरी चलेको छ। मौसम विभागले आज र भोलि लुम्बिनीको अधिकांश जिल्ला तथा कोशीका जिल्लामा हावाहुरीसहित असिना पानी पर्ने प्रक्षेपण गरेको छ।



कागजपत्र |
