लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ


रामेछाप- लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै आएका तीनजना चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ।

बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले पुष्पलाल राजमार्ग हुँदै सञ्चालन हुने साना तथा ठूला गरी ३७ वटा सवारीसाधनका चालकलाई चेकजाँच गर्दा तीनजनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको हो। उनीहरुलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।

लागुऔषध सेवन गरी सवारी चलाउने चालकलाई कानुनअनुसार आवश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समय रामेछापमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरुको संख्यामा वृद्धि भएको छ।

प्रतिक्रिया