भारतमा ब्राउन सुगरसहित तीन नेपाली पक्राउ


काठमाडाैं  – भारतको खिरी जिल्लास्थित सम्पुर्णानगरको बसही क्षेत्रमा सोमबार साँझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले ८ दशमलव ५० ग्राम ब्राउन सुगरसहित ३ जना नेपालीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको गोदावरीका प्रदीप चौकाल, विनोद पुन मगर र विमल चन्द रहेका छन्। उनीहरू सवार पल्सर मोटरसाइकलमा लागू औषध बरामद भएको एसएसबीले जनाएको छ।

तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्पुर्णानगर प्रहरीको जिम्मा लगाइएको छ।

 

प्रतिक्रिया