
सल्लाघारीबाट ह्युम पाइपभित्र लुकाइएका ४१ राउण्ड गोली बरामद
काठमाडौं – भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखिएको अवस्थामा गोली बरामद गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण खड्का नेतृत्वको टोलीले रुमालमा पोको पारेर राखिएको ४१ राउण्ड गोली फेला पारेको हो।
भक्तपुरका एसपी सुर्य खड्काका अनुसार तीमध्ये २० राउण्ड थ्रिनट थ्री राइफलमा लाग्ने र बाँकी विभिन्न हतियारमा प्रयोग हुने थप २१ राउण्ड गोली रहेको बताइएको छ।
एसपी खड्काका अनुसार बरामद गरिएको गोली जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरी युनिटबाट लुटेको आशंका गरिएको छ। हाल कुन प्रहरी युनिटबाट ती गोली लुटिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।



कागजपत्र |
