पूर्वडिएसपी पन्थीले बुझाए निर्वाचन खर्च विवरण


गुल्मी – गुल्मी क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवं पूर्व डिएसपी गोविन्द पन्थीले निर्वाचन खर्च बुझाएका छन् ।

पन्थीले निर्वाचनका क्रममा भएको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका हुन् ।

पन्थीले बुझाएको विवरणअनुसार उनले निर्वाचनका क्रममा १२ लाख ५१ हजार ३ सय ३२ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका पन्थीले गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्टलाई पराजित गर्दै प्रतिनिधिसभामा जित निकालेका थिए । उनले १६ हजार ९ सय ६७ मत ल्याएका थिए भने एमालेका विष्टले १६ हजार ४ सय ६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया