सातै प्रदेशमा कांग्रेसको प्रतिनिधित्व, एमाले ३ प्रदेशमा ‘नील’ !


काठमाडौं – अहिले बिहान ११ः३० सम्ममा नेपाली कांग्रेसले १५ स्थानमा जित हात पारेको छ ।

नेपाली कांग्रेसले सातै प्रदेशबाट कम्तीमा १ सिट जित हात पारेको छ । कांग्रेसको कोशीबाट तेह्रथुम, पाँचथर र सोलुखुम्बुबाट जित हात पारेको छ भने बाग्मतीमा रसुवाबाट जित हात पारेको छ ।

त्यस्तै गण्डकी प्रदेशबाट मुस्ताङ र मनाङबाट जित हात पारेको कांग्रेसले लुम्बिनी प्रदेशबाट पाल्पा –१ र कपिलवस्तु –३ बाट जित हात पारेको छ ।

त्यस्तै कर्णाली प्रदेशमा चार क्षेत्रमा जित हात पारेको छ । हुम्ला, दैलेख–१, सुर्खेत १ र जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट पनि २ स्थानमा जित हात पारेको छ । त्यसमा डोटी र अछाम–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यतिबेलाको गणनामा नेपाली कांग्रेस २ स्थानमा अग्रता कायम गरिराखेको छ ।

त्यस्तै नेकपा एमालेले अहिलेसम्म ७ ठाउँ जित हात पारेको छ । एमालेले कोशी प्रदेशबाट ३ सिट जित हात पारेको छ । ताप्लेजुङ, धनकुटा र इलाम – २ का एमाले उम्मेदवार विजयी भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा एमालेका बाँके–२ का उम्मेदवारले जित हात पारेका छन् भने कर्णालीको दैलेख १ मा पनि जित हात पारेको छ ।

त्यस्तै सुदूरपश्चिमका दार्जुला र बझाङका एमालेका उम्मेदवार विजयी भएका छन् ।

अहिलेसम्मको मतगणनामा नेकपा एमालेले गण्डकी, मधेश र बागमतीमा एउटा पनि सिट जित्न सकेको छैन ।

अहिले बिहान ११ः३० सम्ममा १६५ स्थानमध्ये १४२ क्षेत्रको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । त्यसमा रास्वपाले १११ क्षेत्रमा जित हात पारेको छ भने नेपाली कांग्रेसले १५ स्थानमा जित हात पारेको छ । त्यस्तै नेकपा एमालेले ७ स्थानमा जित हात पार्दा नेपाली कम्युनिस्ट पार्टीले ६ ठाउँमा जित हात पारेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र स्वतन्त्रले १/१ सिटमा जित हात पारेका छन् ।

प्रतिक्रिया