रोल्पामा वर्षमान पुनको ‘ह्याट्रिक’


काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका उनले २७ हजार ४ सय ६० मतसहित विजयी भएका हुन् ।

१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरे ।

रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् ।

पुनले ह्याट्रिक गरेका छन् । २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया