राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी


काठमाडाैं- राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार दिउँसो बैठक बसेको हो ।

भोलि (बिहीबार) प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसैको तयारी स्वरूप प्रधानमन्त्रीले परिषद्को बैठक डाकेकी हुन् ।​ परिषद्‌मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र सेनाका प्रधान सेनापति सदस्य हुन्छन् ।

रक्षा सचिव भने सदस्यसचिव रहने व्यवस्था छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।

प्रतिक्रिया