मोदीले बालेनलाई शुभकामना दिएको भन्दै ‘एआई’ भिडिओ पोस्ट गर्ने पक्राउ


काठमाडौं-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले बालेन शाहलाई निर्वाचनका लागि शुभकामना दिएको भन्दै सामाजिक सञ्जालमा भ्रामक ‘एआई’ भिडिओ फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। निर्वाचनको मुखमा जनमानसमा भ्रम सिर्जना गरेको आरोपमा चितवन र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान करिब १० बजे नन्दप्रसाद भट्ट (राज) लाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार भट्टले  सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका थिए।

उक्त भिडिओमा भारतीय प्रधानमन्त्री मोदीले झापा क्षेत्र नम्बर ५ का उम्मेदवार भन्दै बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको दृश्य देखाइएको थियो।

यसअघि सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि सोही प्रकृतिको भ्रामक भिडिओ सामाजिक सञ्जालमा राखी भ्रम फैलाएको आरोपमा २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको थियो।

 

 

प्रतिक्रिया