सुनसान बन्दै काठमाडौंका सडक


काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडकहरू सुनसान देखिने थालेका छन्।

सामान्य दिनको तुलनामा सार्वजनिक तथा निजी सवारी कम चलेका कारण सडकमा चहलपहल न्यून देखिएको हो। बिहान र दिउँसो व्यस्त रहने क्षेत्रहरूमा समेत यातायातको चाप घटेको ट्राफिक प्रहरीले जनाएको छ।

यातायात कम हुँदा सडकमा शान्त वातावरण देखिए पनि अत्यावश्यक सवारी भने सञ्चालनमै रहेका छन्।

प्रतिक्रिया