भारतमा नेपाली महिलामाथि सामूहिक बलात्कार


काठमाडौं – भारतको गुरुग्राममा एक नेपाली महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार, एक अटोरिक्सा चालकसहित तीन जनाले पीडित महिलामाथि बलात्कार गरेका हुन्।

घटनाबारे प्रहरीले जानकारी दिएको छ कि बलात्कारको आरोपमा अटो चालकलाई नियन्त्रणमा लिएर सदर प्रहरी चौकीमा एफआईआर दर्ता गरिएको छ। पीडित महिलाको उमेर २६ वर्ष रहेको बताइएको छ। उनी निजी क्षेत्रमा कार्यरत थिइन् र साथीलाई भेट्न गुरुग्राम पुगेकी थिइन्।

अधिकारिहरूका अनुसार, पीडित महिलाले मदिरा सेवन गरेको बताएकी छन्। त्यसपछि उनी अटोरिक्सा चढिन्, जसमा तीन अन्य व्यक्ति पनि सवार थिए। मदिरा पिएकी महिलाले घटनाबारे स्पष्ट सम्झना नरहेको दाबी गरेकी छन्।

बेहोस अवस्थामा उनी नहरपुर रुपा क्षेत्रको एउटा घरको कोठामा फेला परिन् र त्यसपछि प्रहरीकहाँ गई उजुरी दिइन्। प्रहरीले उत्तर प्रदेश बसोबास गर्ने अटोरिक्सा चालकलाई नियन्त्रणमा लिएका छन् भने अन्य फरार आरोपिहरूको खोजी कार्य जारी रहेको छ।

स्थानीय अदालतले अटो चालकलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

प्रतिक्रिया