
ओखलढुंगामा ६० वर्षीया महिलामाथि बलात्कार, ६१ वर्षीय व्यक्ति पक्राउ
काठमाडौं – ओखलढुंगामा ६० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिद्धिचरण नगरपालिका–४, रूम्जाटार निवासी ६१ वर्षीय दीपबहादुर विकलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडित महिलाको उजुरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



कागजपत्र |
