दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चकाे आदेश


काठमाडौं-  सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ ।

प्रतिक्रिया