सङ्खुवासभाको नुममा सबैभन्दा बढी वर्षा


काठमाडौं-  पछिल्लो तीन घण्टामा देशभर सबैभन्दा बढी वर्षा सङ्खुवासभाको नुम क्षेत्रमा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ ५ बजे सार्वजनिक गरेको विवरणअनुसार नुममा ३३.८ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका अनुसार हाल पनि कतिपय पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा भइरहेको छ। यद्यपि, रातिदेखि मौसममा क्रमशः सुधार आउने सम्भावना रहेको जनाइएको छ।

वर्षासँगै केही क्षेत्रमा बाक्लो असिना समेत परेको विभागले जनाएको छ। असिनाका कारण कृषि क्षेत्रमा क्षति पुग्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया