रास्वपा छाडेका बागमती प्रदेशका उपसभापति हुमागाईँ कांग्रेस प्रवेश


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। मंगलबार हुमागाईँले रास्वपा छाड्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस प्रवेश गरेका हुमागाईँलाई पार्टीका नेता गगन थापाले स्वागत गरेका छन्।

हुमागाईँले केही दिनअघि नै रास्वपाबाट राजीनामा दिँदै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए। उनले सात बुँदे असन्तुष्टि पत्र सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोट प्रक्रियामा चरम चलखेल भएको आरोप लगाएका छन्।

उनको आरोप अनुसार पार्टीमा इमानदार र समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, नेतृत्वलाई खुसी पार्ने तथा वरिपरि घुम्ने व्यक्तिहरूलाई प्राथमिकता दिइयो। यही कारण पार्टीको मूल मूल्य र उद्देश्य कमजोर बन्दै गएको निष्कर्षसहित उनले रास्वपा छाडेको बताएका छन्।

प्रतिक्रिया