
उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट
काठमाडौं – सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई तोकेको छ । न्याय परिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।
उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रूपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा कानुनको स्नातकोत्तर(एलएलएम) गरेका थिए ।



कागजपत्र |
