
दुर्गा प्रसाईंको मुद्दामा निर्वाचन आयोगको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं — मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार निर्वाचन आयोगले गत फागुन ४ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्न आदेश दिएको हो।
यसअघि प्रहरीले निर्वाचन आयोगबाट अनुसन्धानका लागि पत्र प्राप्त भएपछि प्रसाईंलाई पक्राउ गरिएको जनाएको थियो। आयोग र प्रहरीबीच भएको पत्राचारको सक्कल फाइल सर्वोच्च अदालतमा पेश भएपछि मात्र प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटको अन्तिम टुंगो लाग्ने अदालतले जनाएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का अभियन्ता समेत रहेका प्रसाईंलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचन बिथोल्ने आशंकामा पक्राउ गरिएको थियो।



कागजपत्र |
