
सप्तरीमा एमाले प्रचार सामग्रीमा आगजनी, २५ वर्षीय युवक पक्राउ
सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा नेकपा एमालेको चुनावी प्रचारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति सोही वडाका २५ वर्षीय हरिनारायण मण्डल रहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार मण्डल निर्वाचन सुरक्षामा खटिएको प्रहरी कर्मचारी हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी डिएसपी डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



कागजपत्र |
