
अमेरिका पठाउने भन्दै ६ लाख ठगी, युवती पक्राउ
काठमाडौं — अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल पक्राउ परेकी छन्। उनी झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्छिन्।
पक्राउ उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो।
उनीमाथि वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



कागजपत्र |
