नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र


काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजानिक गरेका हुन्।

कांग्रेसले आफ्नो घोषणापत्रलाई प्रतिज्ञापत्रको रूपमा प्रस्तुत गरेको हो। यस प्रतिज्ञापत्रमा पार्टीको भिजन १० समावेश गरिएको छ। भिजन १० का विषयहरू बुधबार जनकपुरको तिरहुतियामा आयोजित मधेस सभामा पनि सार्वजनिक गरिसकिएको थियो।

प्रतिज्ञापत्रले आगामी नेपालको विकासका आधारभूत क्षेत्रहरूलाई समेटेको छ। यसमा सुशासित नेपाल, उदार र उत्पादनमुखी अर्थतन्त्र, न्यायमूलक अर्थव्यवस्था, युवा शक्ति, रोजगारी, सीप र श्रम लगायतका विषयहरू समेटिएका छन्।

त्यसैगरी वैदेशिक रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, गरिबी निवारण, सामाजिक सुरक्षा, दिगो भौतिक पूर्वाधार, व्यवस्थित गाउँ–सहर, प्राकृतिक स्रोत, भूउपयोग, खानी र खनिज, पर्याप्त ऊर्जा, दूरसञ्चार, सूचना प्रविधि र डिजिटल रुपान्तरण, समावेशी, सुरक्षित र डिजिटल नेपाललगायत क्षेत्रहरू प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।

साथै, पर्यटन, सहकारी र लघुवित्त, वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सामाजिक न्याय, समावेशी विकास, नेपाली डायस्पोरा सम्बन्ध, हाम्रो सभ्यता, संस्कृति, खेलकुद, संविधानको संस्थागत विकास र संघीयताको सबलीकरण लगायतका योजनाहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने निष्कर्ष प्रतिज्ञापत्रमा समेटिएको छ।

Skip to PDF content

 

प्रतिक्रिया