एमाले नेता रामवीर मानन्धरसहित ७८ जना कांग्रेस प्रवेश


काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वसांसद रामवीर मानन्धरसहित ७८ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा मानन्धरसहित जनार्दन ढकाललगायतले पार्टी प्रवेश गरेका हुन्।

सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपछि मानन्धरलाई औपचारिक रूपमा सदस्यता प्रदान गरिएको थियो। ढकाल एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष थिए।

पूर्वसांसद रामवीर मानन्धरलाई अघिल्लो निर्वाचनमा एमालेले कारबाही गरेको थियो। तर चुनाव नजिकिँदै गर्दा उनीमाथिको कारबाही फुकुवा गरिएको थियो र त्यसयता उनी निष्क्रिय रहेका थिए।

जनार्दन ढकाल भने एमालेबाट दुई पटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया