शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज


हेटौंडा – आज बिहान ५ः१५ बजे हेटौँडा–१६, चिसापानीस्थित धरान चतरा सडक खण्डबीच भागमा भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।

सेतो कपडाले बेरिएको शंकास्पद बस्तु बाहिरपट्टि खतरा लेखिएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको सेना र प्रहरीको टोलीले बिहान ८ः१० बजे शंकास्पद बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया