
भीआईपीलाई धम्की दिने पाठकमाथि अनुसन्धान गर्न तीन दिनको म्याद
काठमाडौं- अख्तियार प्रमुखसहित १० भीआईपीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ।
जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले अदालतबाट तीन दिनको म्याद प्राप्त भएको जानकारी दिए।
फिलिपिन्समा बसेर इमेलमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पाठक पक्राउ परेका हुन्। नेपाल प्रहरीको टोलीले उनलाई बुधबार बिहान फिलिपिन्सबाट नेपाल ल्याएको हो।



कागजपत्र |
