
प्रहरी इन्स्पेक्टर महत करणी अभियोगमा हिरासतमा
चितवन — जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकृतविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो ।
उनीमाथि ३७ वर्षीया एक महिलाले असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।



कागजपत्र |
