उपप्राध्यापक लिखितमा मोबाइल प्रयोग, परीक्षार्थी कारबाहीमा


काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षामा मोबाइल फोन प्रयोग गरी अनियमितता गरेको एक जनालाई कारबाही गरेको छ।

सेवा आयोगका अनुसार शिक्षा शास्त्र संकायको गणित शिक्षा विषयको परीक्षामा अनियमितता गरेको सिरहाका उपेन्द्र पण्डितलाई कारबाही गरिएको हो।

सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालका अनुसार पण्डितको उक्त विषयको परीक्षा रद्द गरिने साथै एक वर्षसम्म कुनै पनि परीक्षा वा भर्ती प्रक्रियामा सहभागी हुन नदिने निर्णय गरिएको छ।

आयोगले आगामी परीक्षामा निष्पक्षता सुनिश्चित गर्न यस्ता अनियमिततासँग कडा व्यवहार गरिने पनि जनाएको छ।

प्रतिक्रिया