
धनुषामा सडक छेउमा युवतीको शव फेला, हत्याकाे आशंका
जनकपुरधाम- धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा अन्दाजी २५ वर्षीकी महिलाको शव सडक छेउमा भेटिएको हो।
धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार महिलाको टाउकोमा घाउ देखिएको र हत्या गरेर सडकमा फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयले आज बिहान शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको समय हिजो राति हुन सक्ने आशंका गरेको छ।
महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



कागजपत्र |
