सुनसरीमा नक्कली नोट कारोबार, एक युवक नियन्त्रणमा


सुनसरी – सुनसरीको हरिनगरा गाउँपालिका–१ क्षेत्रबाट नेपाली एक हजार रुपैयाँ दरका २८ थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।

बुधबार राति इनरूवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका बहिस मियाको साथबाट नेपाली एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको छ। नक्कली नोट कहाँबाट ल्याइएको र कसरी प्रयोग गर्ने तयारीमा थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा समेत प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया