नेपाली नेताको नाम बेचेर फन्ड उठाउने अमेरिकी नागरिक पक्राउ


काठमाडौं- शीर्ष नेताहरूको नाम बेचेर अन्तर्राष्ट्रिय फन्ड उठाउने प्रयास गरेको आरोपमा एक अमेरिकी नागरिकलाई नेपाल अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिको नाम हाल सार्वजनिक गरिएको छैन।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार, ती व्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा फन्ड उठाउन नेपाल इन्टरनेसनल कलेज (निकलेज डट इडीयू डट एनपी) को वेबसाइटमा राजनीति नेताहरूलाई “आवर डाइनामिक टिम्स” भनेर सूचीबद्ध गरेका थिए।

सो “टिम”मा तत्कालीन र वर्तमान शीर्ष नेताहरू केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी लगायतका नाम समावेश रहेको थियो।

ढकालका अनुसार, उक्त अमेरिकी नागरिक सन् २०१४ देखि २०२६ सम्म ५० पटक नेपाल भ्रमण गरिसकेको छ। यसबीच उनी पर्यटक, कामदार र व्यावसायिक भिसामा नेपालमा बस्ने गरेको पाइएको छ।

त्यसैगरी, उक्त वेबसाइटले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयसँग सम्बन्धित कलेज भएको भनि प्रचार गरेको देखिएको छ। विभागले यस विषयमा अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया