
राजधानीको मूलपानीमा गोली चल्यो, एक लुटेरा पक्राउ
काठमाडौं – राजधानीको मूलपानीमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
गोली लागेर लुटेरा समूहका एकजना घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । उनी समूहको नाइके रहेको समेत खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीले दुई राउन्ड गोली चलाएको हो ।
यस बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।



कागजपत्र |
