जंगली हात्तीको आक्रमणबाट गोठालो गएकी वृद्धाको निधन


बर्दिया – बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो बाख्रा चराउनका लागि गएकी बर्दिया गेरुवा गाँपालिका वडा नं. १ की अन्दाजी ६० वर्षीया भुन्टी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले सामुदायिक जंगलको छेउ बारीमा बाख्रा चराउन गएकी बोहोरालाई जंगली हात्तीले आक्रमण गरी जंगलतिर लगेर मारेको बताए ।

जंगलतिर हात्तीले लगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले मृतावस्थामा जंगलमा नै भेटिएको शाहीले बताए ।

बोहोराको शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाएको जनाइएको छ ।

प्रतिक्रिया