नागढुंगामा लागुऔषधसहित एकजना पक्राउ


काठमाडौं- लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस नागढुंगामा चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले न्यौपानेलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा ज्याकेटको खल्तीभित्र कालो पलास्टिकमा लुकाएर राखेको ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया