
प्रहरी जवान जिसी मृत फेला
दाङ – जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका छन् । घोराही-२ रामपुर ठेगाना भएका उनी जिप्रकाका चालक समेत हुन् ।
८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता थिए । प्रहरीले खोजतलास गर्दा उनको शव घोराही-१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेकाे थियाे।
पारिवारिक स्रोतका अनुसार उनका बुबालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि भर्ना गरिएको थियो । उनले कार्यालयमा बिदा माग्दा बिदा नपाएको बताइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले पोस्टमार्टम भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै आत्महत्या किन भयो भन्ने थप अनुसन्धानबाट खुल्ने प्रतिक्रिया दिए ।



कागजपत्र |
