सभापति भएपछि गगन थापा पहिलोपटक कांग्रेस केन्द्रीय कार्यालयमा


काठमाडौं-  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। उनी केहीबेरअघि कार्यालयमा उपस्थित भएका थिए।

पार्टी केन्द्रीय कार्यालयका अनुसार आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्नेछ। बैठकमा सभापति थापासहित अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ।

अघिल्लो निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया