देश कसैको गुलाम थिएन, विदेशीको हातमा दिनु हुँदैन: ज्योति मगर


काठमाडौं-  गायिका ज्योति मगरले जेन–जी विद्रोहपछि उदाएका नयाँ राजनीतिक दल र राजनीतिका नयाँ पात्रप्रति लक्षित गर्दै देशको स्वाधीनतामाथि प्रश्न उठ्ने अभिव्यक्ति दिएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मगरले अहिलेसम्म कसैको गुलाम नभएको देशलाई विदेशी शक्तिको प्रभावमा दिन नहुने टिप्पणी गरेकी हुन् ।

आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै पुराना राजनीतिक दल र नेताको साटो नयाँ दल र नयाँ उम्मेदवारलाई अवसर दिनुपर्ने बहस तीव्र भइरहेका बेला मगरले ‘पुरानालाई हेरिसकियो, एकचोटि नयाँलाई दिऔँ’ भन्ने लोकप्रिय नाराप्रति घुमाउरो शैलीमा असहमति जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल पोस्टमा लेखेकी छन्, ‘बेकारमा कहिले एमसीसी, कहिले बारबरा, कहिले अमेरिकन यूथ काउन्सिल, कहिले धर्म निरपेक्षता, कहिले हिन्दु राज्य, कहिले रअ, कहिले सीआईए—किन घुमिफिरी लामो बाटो गरेर देश बेच्नु ? एकैचोटि दिए हाइसुख, न रहेगा बाँस, न बजेगा बाँसुरी।’

 

 

 

प्रतिक्रिया