
हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईँ
काठमाडौं – पोखराबाट पक्राउ परेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईँको बयान लिइसकिएको छ । प्रारम्भिक अनुसन्धानको चरणमै रहेकाले उनलाई हिरासतबाहिरै राख्न उपयुक्त ठहर गर्दै आफन्तको जिम्मामा छोडिएको हो ।
प्रसाईँलाई आइतबार पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट पक्राउ गरिएको थियो ।
उनले नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले ‘पैसा खाएर निर्णय लिएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
उनको उक्त अभिव्यक्तिपछि निर्वाचन आयोगले आइतबार नै कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।



कागजपत्र |
