क्यान अध्यक्ष चन्दले दर्ता गराए उम्मेदवारी


बैतडी – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली कांग्रेसबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष रुख चिन्ह लिएर जनतामाझ जाँदै छ ।

२०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।

२०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो ।

प्रतिक्रिया