रोमानियामा रोजगारी: आकर्षक तलबका साथ २०० नेपाली कामदारको माग !


काठमाडाैं – रोमानियाले २०० नेपाली कामदारको माग गरेको छ । रोमानियाको Workinro Immigration SRL र Humantarain Human resources SRL कम्पनीले विभिन्न ११ वटा पद (cook helper, unqualified worker, cook,waiter, cleaner, bakers, dish cleaner general worker)का लगी १८० जना पुरुष र (housekeeper/cleaner,waiter/kitchen helper) का लागी २० जना महिला कामदारको माग गरेको हो । जसको तलब खान बस्न सहित न्युनतम ६५ हजार भन्दा माथि ७७ हजार सम्म रहेको छ ।

२ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् ।

जान चाहाले इच्छुकले THe Golbal Recruitment Agency को कार्यालय बसुन्धारा–१० टोखामा सम्पर्क राख्न सक्नुहुनेछ छ । अन्तर्वार्ता यही वैशाख ३ गते मेनपावरको कार्यालयमा हुनेछ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।  त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया