एसपी बसुन्धरा खड्काले पाइन् ‘इपिसेन्टर’ झापा कमाण्डको जिम्मेवारी

एमाले अध्यक्ष ओलीका पूर्व पिएसओ राजन लिम्बुको स्थानमा खड्कालाई पठाइयो


काठमाडौं — नेपाल प्रहरीले झापा जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्कालाई खटाएको छ ।

फागुन २१ का लागि घोषित निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व प्रहरी प्रधान कार्यालयले पछिल्लो समय सबैभन्दा चर्चाको शिखरमा रहेको झापा जिल्ला प्रहरी प्रमुखमा खड्कालाई पठाएको हो ।

नेपाल प्रहरी संगठनकै उत्कृष्ट अधिकृतका रुपमा परिचित खड्काको झापा पोस्टिङ भएसँगै झापा जिल्ला थप आकर्षणको केन्द्र बनेको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहबीचको चुनावी टक्करलाई मध्यनजर गर्दै हेडक्वार्टरले उत्कृष्ट अधिकृत खड्कालाई झापा पठाएको अड्कल गर्न थालिएको छ ।

यसपटकको निर्वाचनमा झापाको क्षेत्र नं. ५ सबैभन्दा चर्चाको शिखर रहेका बेला एसपी खड्काको झापामा सरुवा भएको छ ।  एमाले अध्यक्ष ओलीका पूर्व पिएसओ एवं ओली निकट मानिएका राजन लिम्बुको स्थानमा खड्कालाई पठाइएको हो ।

प्रतिक्रिया